
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । सिराहा प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिराहा सदरमुकाम सिराहा नगरपालिका–२२ हकपाराका शिवनाथ यादव छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका–२१ बाट नियन्त्रणमा लिएको हो ।यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij