
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिको ३० भदौमा बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभापछि प्रस्तावित लाभांश सेयरधनीमा वितरण हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij