
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । कल सेन्टर संचालन गरी रकम असुली गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका मिलन थापा रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले किर्तिपुर नगरपालिकास्थित पाँगा एरियामा डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्टर संचालन गरिरहेको सूचनाका आधारमा थापालाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ३ हजार ७०० थान एनसेलको सिकार्ड, २३ थान ल्यापटप र बिभिन्न ब्यक्तिहरुको नागरिकता २७ थानसहित पक्राउ गरेको छ । यससम्बन्धि थप अनुसन्धान कार्य भईरहेको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij