
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् । इस्तानबुलमा विश्व ओलम्पियन सङ्घको आयोजनामा आजदेखि शुरू हुने दुई दिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
विश्वभरबाट एक सय ५० भन्दा बढी ओलम्पियन उक्त सम्मेलनमा सहभागी हुने बताइएको छ । उक्त सम्मेलनमा नेपाल ओलम्पियन सङ्घले विगत दुई वर्षमा गरेका गतिविधि प्रस्तुत गरिनेछ । ओलम्पियन विष्टले एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने बताए ।
ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij