Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

डोटीमा घुस लिइरहेको अवस्थामा सहायक वन अधिकृत पक्राउ

डोटीमा घुस लिइरहेको अवस्थामा सहायक वन अधिकृत पक्राउ

  • काठमाडौं । निजी आवादी जमीनबाट संकलित दाउराको छुट पूर्जी दिन घुस मागेको आरोपमा एक सहायक वन अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    डोटीको जोरायल गाउँपालिका-२ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमूख सहायक वन अधिकृत भक्तराज गिरीलाई घुस लिएको ५ हजार रुपैयाँ सहित नियन्त्रणमा लिइएको हो । गिरीलाई घुस लिदै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन् ।

    images

    नियन्त्रणमा रहेका गिरीसँग सोधपुछ गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बुडरका इञ्चार्ज नरभान साउँदले जानकारी दिए । अहिले रकम दिने व्यक्तिलाई पनि बोलाईएको र दुवै पक्षबाट विस्तृत जानकारी लिई जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरिने इन्चार्ज साउदले बताए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij