
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । डाक्टरमाथि कुटपिट गरेको आरोपमा बिहीबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा.–१२ का रमा प्रधान र रमिता प्रधान रहेका छन् । हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु उपचारका लागि अस्पताल ल्याइएका राजेश प्रधानका श्रीमती र छोरी हुन् । डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बुधबार डाक्टरमाथि आक्रमण भएको थियो । सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानलाई डेंगु पोजेटिभ देखिएको थियो ।
डेङ्गु पुष्टि भएका प्रधानलाई घर पठाइएको सञ्चो अस्पतालले जनाएको छ । तर केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । उनको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij