
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पैसासहित पक्राउ परेका हुन् ।
सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर ल्याएको प्रहरीले जनाएको छ । नेपाल छिर्ने क्रममा उनीहरु मंगलबार राति पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको परिचय अझै गोप्य राखिएको छ ।
भारतीय प्रहरीले यसबारे नेपाल प्रहरी र सशस्त्रलाई विस्तृत विवरण दिएको छैन । पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका रहेको सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij