Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

अनुमति नलिई सञ्चालित दुई अस्पताल बन्द

अनुमति नलिई सञ्चालित दुई अस्पताल बन्द

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कैलालीको धनगढीमा रहेका २ निजी अस्पताल बन्द गराएको छ । मंगलबार जिल्ला अनुगमन समितिले अनुगमन गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेको भेटिएको थियो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय धनगढीले बुधबारदेखि नै सेवा बन्द गर्न पत्र लेखेको थियो । अनुगमनका क्रममा ती अस्पतालले कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता भए पनि कुनै पनि सरकारी निकायबाट सञ्चालन अनुमति नलिएको खुलेको थियो ।

    images

    सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिनुपर्छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij