
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जना पक्राउ परेका छन् । केही अराजक समुहले मंगलबार बेलुका बेघाको घर तोडफोड गरेका थिए ।
सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले उपमेयर बेघाका भाइ बिष्णु बेघासहित ८ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएका छ्न । उपमेयरका भाइ बिष्णुको समुह र सन्देश राईको समूहबीच झडप भएको थियो ।
पक्राउ पर्नेमा सञ्जिव राई, सुरज तामाङ, मेनल तामाङ, राजकुमार लिम्बू, दिपेन्द्र राई, अमृत तामङ, अनिल राई रहेका छ्न । उपमेयर आफ्नो घर आक्रमण गर्ने सबैलाई कडा कारवाही गर्न बेघाले माग गरेका छन् ।
घटनापश्चात् सुनसरी प्रहरी प्रमुख रेग्मी इनरुवाबाट धरान आएर प्रहरी परिचालन गरी आक्रमणकारीलाई पक्राउ गरेका थिए। प्रहरीले बेघाको घर आक्रमण गर्नेलाई सार्वजनिक भने गरेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij