Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

  • काठमाडौँ । सप्तरीको सुरुङगा नगरपालिका–२ भेडियास्थित कदमाहा– गाईगाट सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा सुरुङगा नगरपालिका २ कै अघनिया देवी कोईरी रहेकी छन् ।

    images
    images
    images

    कदमाहा–गाईगाट सडक खण्डमा भेडियादेखि कडोरवातर्फ जाँदै गरेको प्र–२–०१–००२ प २३४८ नम्बरको मोटरसाइकलले उनलाई सोमबार दिउँसो ठक्कर दिएको थियो ।

    images

    उनको लाहानस्थित सप्तऋषी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगरतर्फ पठाइएकोमा उनको अहीर अस्पताल प्रालि महुलीमा ईसीजी गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

    images

    ईप्रका कडरबोनाले मोटरसाइकल चालक सप्तरीको सुरुङगा–३ का निश्चल चौधरी र मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij