Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

आत्महत्या न्यूनीकरण सम्बन्धी लघु चलचित्र “माया जाल”को शुभारम्भ

आत्महत्या न्यूनीकरण सम्बन्धी लघु चलचित्र “माया जाल”को शुभारम्भ

  • काठमाण्डौ । जिल्ला प्रहरी परिसर,ललितपुरद्वारा आयोजित विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को सोमबार शुभारम्भ गरिएको छ ।

    images
    images
    images

    उक्त कार्यक्रम काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा ललितपुर महानगरपालिका झम्सिखेलमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आत्महत्या नै अन्तिम विकल्प नभएको र असफल हुदैमा जीवन नसकिने तथा लडेर उठ्नु नै जीवन हो भन्ने कुरा बताउनुभयो ।

    images

    साथै आत्महत्या जस्तो गम्भीर प्रकृतिका घटनालाई न्यूनीकरण गर्न आफ्नो परिवार, टोल तथा सम्पूर्ण समाजकै ऐक्यवद्दता हुनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्दी विक्रम शाहले जनचेतनामूलक लघु चलचित्र “माया जाल” को वृतचित्र निर्माणमा सहयोगी संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij