
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । ललितपुरको गोदावरीमा भारतीय गायन रियालिटी शो ‘जीटीभी सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना लामा कन्र्सट गर्ने भएकी छिन् ।
ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा आगामी असोज ६ गते कन्सर्ट गर्ने कार्यक्रम रहेको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कन्र्सट कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगका लागि आयोजना गरिएको साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जनाएका छन् । विजेता लामाले १२ वटा हिन्दी गीत गाउनेछिन् । उनी यही सेप्टेम्बर भदौं ३१ गते नेपाल आउने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij