
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । भारतमा लागुऔषध ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गङ्गाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ ।
उनीहरूलाई नेपाल -भारत सिमाना नजिक पानीट्याङ्की बजारको न्यु मेची मार्केटबाट आइतबार दिउँसो भारतीय प्रहरीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आइरहेको प्रदेश १-०१-०१३ प ४२५१ नम्बरको स्कुटरलाई पानीट्याङ्की आउट पोस्ट खोरीबारी प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा डिकीबाट २०५ ग्राम ब्राउन सुगरसहित स्कुटर सवार उनीहरुलाई पक्राउ गरिएको हो ।
साथै उनीहरूसँग नेपाली ९ हजार रुपैयाँ समेत फेला परेको बताइएको छ । पक्राउ परेका दुवैजनालाई पश्चिम बङ्गाल प्रहरीले सिलगढी जिल्ला अदालतमा पेस गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij