
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ । आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डको लाभांश घोषणा गरिएको थियो ।
सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ । यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ ।
जसअनुसार क्यापिटलले १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलले नगद लाभांश वितरणार्थ बुक क्लोजसम्बन्धी सूचना पछि प्रकाशित गरिने जनाएको छ । यो योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij