Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

देविचौरका घिमिरे ठगी आरोपमा पक्राउ

देविचौरका घिमिरे ठगी आरोपमा पक्राउ

  • काठमाडौं । काठमाडौँ गोठाटार बाट ठगी आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका ७ घर भई हाल काठमाडौँ गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । 

    images
    images
    images

    घिमिरेलाई अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोग लगाइएको प्रहरीले जनाइएको छ ।

    images

    पक्राउ परेका घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्ट्राग्राममा झुट्टा रिसिप्ट पठाई पीडितलाई झुक्यानमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको जनाइएको छ ।

    images

    प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीका अनुसार पक्राउ परेका घिमिरेलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको  छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij