Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अझै रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

अझै रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

  • लमजुङ । जिल्लामा महिला, बालबालिका  तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ  । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६  महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् । 

    images
    images
    images

     जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका ती मध्ये ३५ महिला, नौ बालिका, एक बालक र एक  ज्येष्ठ नागरिक रहेका छन् ।  महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले हराएकामध्ये १८  महिला, पाँच  बालिका, एक  बालक र एक  ज्येष्ठ नागरिक रहेका छन् । त्यस्तै १७  महिला, चार  बालिका अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उहाँको भनाइ छ ।

     त्यस्तै गत आवमा  ८६  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन÷तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ ।
    त्यस्तै  हराएकामध्ये ४२  महिला, १४  बालिका, ३  नै बालक र दुई  ज्येष्ठ नागरिक फेला परेका छन् । अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ । 

    आर्थिक वर्ष २०७५÷७६ मा १०४  महिला तथा बालबालिका हराएका थिए । ती मध्ये ७२  महिला, ६  बालक, २६ बालिका रहेका छन् । तीमध्ये ५४  महिला, चार  बालक र २२  बालिका फेला परेका छन् ।  अठार महिला, दुई  बालक र चार  बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा ८०  महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङ्कमा रहेको छ । तीमध्ये ५०  महिला, १२  बालक र १८  बालिका रहेका छन् । त्यस्तै, २३ महिला, ६  बालक र ६  बालिका फेला परेका थिए भने २७ महिला, ६ बालक र १२ बालिका भने भेटिएको छैन ।

     त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । ती मध्ये  २२ महिला, १२ नै बालक र ६ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ । 

    महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोकालगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ । प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्र्पकमा आएको देखिन्छ । प्रहरीले वर्षेनी ६ देखि १७ जना मात्रै फेला पारेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७३÷७४ देखि सबै भन्दा बढी गत आवमा १७ महिला तथा बालबालिका प्रहरीले फेला पारेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij