
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । भोजपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । टेम्केमैयुम गाउँपालिका २ घुप्कालुङका ५० वर्षीय कृष्ण राईलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई राईले ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij