Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

२५ हजार धरौटीमा छुटे गाउँपालिकाका अध्यक्ष

२५ हजार धरौटीमा छुटे गाउँपालिकाका अध्यक्ष

  • काठमाडौँ । पोखरा महानगर–८ सिर्जनाचोकस्थित होटल लक्ष्मीमा गत ७ भदौमा तास खेलिरहेका बेला जुवाखालबाटै प्रहरी पक्राउमा परेका गाउँपालिका अध्यक्ष २५ हजार धरौटी बुझाएर छुटेका छन् । 

    images
    images
    images

    मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जना जनही २५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन् ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गाउँपालिका अध्यक्षसहित सातै जनालाई जनही २५ हजार धरौटीमा छाडिएको बताए ।

    images

    उनीहरूलाई कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले धरौटीमा छाड्न आदेश दिएका थिए । अध्यक्ष लालचनसहित पक्राउ परेका घोरपझोङकै सात जनाको साथबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij