
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउँदैछन् । उनी नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि आज नेपाल आउन लागेका हुन् ।
भोलि करीब ७० करोड डलरको एमसीसी परियोजनाको उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ । क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
उद्घाट गरेपछि एमसीसी कार्यान्वयनमा जानेछ । एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ । पाँच वर्षभित्र उक्त कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij