Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

इन्स्पेक्टरलाई बच्चरो हान्ने ३ जना पक्राउ

इन्स्पेक्टरलाई बच्चरो हान्ने ३ जना पक्राउ

  • काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई बन्चरो हान्ने ३ जना पक्राउ परेका छन् ।  शिवसताक्षी नगरपालिका–९ झरना पुलनजिकै काममा खटिएका प्रहरी इन्स्पेक्टर युवराज कटुवाललाई बन्चरो प्रहार गर्ने ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    images
    images
    images

    शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडू पक्राउ परेका हुन् । 
    इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे४प २७५१ नम्बरको मोटरसाइकल आएका उनीहरूले बञ्चरो प्रहार गरेका थिए  । 

    घाइते इन्स्पेक्टर कटुवाललाई स्थानीय दूधे मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij