
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुखहरु हेरफेर भएका छन् ।
सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन् भने खरिद एकाइ विभागका प्रमुख डा. शिवराज अधिकारी सार्वजनिक निजी साझेदारी एकाइमा सरुवा भएको महानगरले जनाएका छन् ।
त्यस्तै सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभागमा पठाइएको छ । ४२ महिना महानगरको सूचना प्रविधि विभागको जिम्मेवारी चलाएपछि ढकालको सरूवा भएको हो भने अधिकारी र काफ्लेको ६ महिनापछि जिम्मेवारी हेरफेर भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij