Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

माओवादीको गोप्य भेलामा मेयरमाथि सत्तोसराप

माओवादीको गोप्य भेलामा मेयरमाथि सत्तोसराप


  • कुरामात्र बढी काम कम भएको, मेयरसावको कामको विषयमा घाम जसरी झलमल्ल छ, उहाँको व्यवहार पनि त्यस्तै नै रहेको छ ।’ वडा सदस्यले भने, ‘हामी एक हुनुपर्छ, महानगरले गरेका विसंगति र कानून विपरित गरेका कर्तुतहरू छन् ।’ 

    images
    images
    images

    ललितपुर महानगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा सदस्यहरूको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सम्बन्धको डोरी जोडिएको अलि पहिला नै हो । दुई अध्यक्षबीच पार्टी एकताको घोषणाले सरकार, प्रदेश सरकार, स्थानीय सरकार र जनतामा खुशीको लहर छाएको थियो । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेकै हो । हामी तल्लोतहको कार्यकर्ताले पार्टी एकताको विषयलाई लिएर घर–घरमा गई पम्प्लेट बाँड्ने काम ग¥यौं । 

    स्थानीय सदस्यहरूले भर्खरैको भेलामा माथिका आवाजहरु उठाइयो । भेलामा नेकपा अध्यक्ष केपी ओली र पुष्पाकमल दाहाल प्रचण्डबीच भएको विवादले देश र जनताको बीचमा अध्यारो भएको छ । सत्ता हातमा आएपछि, देश, प्रदेश र स्थानीय सरकारको कामभन्दा दामको काम भएको छ । सबैजना गुट र उपगुटको कुरा गरिरहेका छन् । ललितपुर महानगरपालिकाको विषयलाई हेर्दा पार्टी विवादकै कारणले पालिकामा विवाद भइरहेको छ । सदस्यहरूले मनको वह पोखे, ‘कुन पक्ष लिने भन्ने विषयमा अन्यौलता देखिएको छ ।’ पार्टी विवादले गर्दा तल्लो रहेर काम गर्ने कार्यकर्ताहरूलाई गाह्रो परेको अवस्था छ । 
    ललितपुर महानगरपालिकाको प्रमुख र अध्यक्षहरूको बीचको भेला कार्यक्रम भइरहेको छ । कतिवटा वडामा वडा सदस्य भएर जानेहरूलाई राम्रो व्यवहार नदेखाई काममा नबोलाउने प्रवृति पनि छ । 

    अप्ठ्यारोमा सदस्य र सजिलोमा आवश्यकता नरहेको देखिन्छ । कतिपय वडामा त आफन्तहरूको बाहुल्यता रहेको पनि पाइएको छ । तीनवर्षको कार्यकाल बित्तिसक्दा पनि त्यहाँको राजनीतिक जस्ताको तस्तै छ । देशको राजनीतिक र अस्थिरताको कारण स्थानीय सरकारको वडा सदस्यहरूको बीचमा काम राम्रो भइरहेको छैन । ललितपुर महानगरपालिकाले नेकापा वडा सदस्यहरूको भेलामा जानबाट मेयरले रोक लगाउनुभएको थियो । महानगरले जतिपनि कार्यक्रमहरू हुन्छन् त्यो कार्यक्रममा सहजरूपले जान नदिएको पनि छन् । महानगर र वडाको लापरवाहीले गर्दा पाँचवटा वडाका वडा सदस्यहरू रिट हाल्नुभएको छ । 

    कसैले आफ्नो पद् प्रतिष्ठानले एउटा गाडी चढ्न पाएको छैनन्, तर प्रमुख ज्यूले अर्को गाडी स्ट्यान्डवाई राख्नुभएको छ । उहाँको बोलीको काम पूरा गर्न सक्नुभएको छैन । महानगरलाई विरुवामा पानी छर्ने गाडी कुरामा मात्र सिमित रहेको छ । पदमा बसेर म ठूलो भन्ने सोचमा हुनुहुन्छ । वडा अध्यक्ष ज्यूहरू, वडा सदस्यहरू हुनुभएन भने काम गर्न सहज हुँदैन, किनकि उहाँहरू वडाका महत्पूर्ण पात्रहरू हुन् भन्ने कु्रा अध्यक्षले बिर्सनुभएन । त्यसकारण अध्यक्ष र सदस्यहरूको बीचमा दरार पैदा भएको छ । 
    दिनेश पाण्डे भन्छन्, ‘हाम्रो तीन समिति छन्, लेखा समिति, सुशासन समिति, विधेयक समिति छन् । नगर समितिले अधिकार दिएको समिति हो ।’  

    यो वर्षमा महानगरले दुईवटा मात्र कार्यक्रम गरेको छ । तसर्थ महानगर प्रमुख मेयर ज्यू अल्पमतमा हुनुहुन्छ । त्यसमा भएका कारणले अलिकति विधिविधान मिच्दै जानुभएको छ । लेखासम्बन्धि जति पनि काम हुन्छन्, त्यो सबै कामहरू मेरो समितिमा आउँछ । मेरो समितिले गरेको निर्णयहरू पनि नमान्ने अवस्था छ । 
    महानगर पक्षमा परेको नराम्रो दोषले विभिन्न अदालतमा जानुपर्ने अवस्था आएको छ । स्मार्ट ट्रफिक लाइटको बजेटमा नगरसमितिले एक करोड साठी लाख विनियोजन गरेकोमा, प्रमुख प्रशासकिय अधिकृत पुर्वाधार महाशाखा प्रमुख मुल्याङ्कन कमिटी र मेयरको मिलेमतोमा सात करोडको टेन्डर निकाल्नुभएको छ ।
    सबै विधिविधान मिचि कानूनमा नभएको टेन्डर निकाल्नुभएको छ । महानगरको आवश्यकता र प्राथमिकतमा रहेको कामलाई मात्र हामीले पुर्णरूप दिनेछौं । नत्र त्यो काम हाम्रो समितिले काम गर्ने छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij