
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । सन नेपाल लाईफको प्राथमिक सेयर (आईपीओ) बिक्री बिहिबारदेखि खुलाएको छ । आजदेखि कम्पनीले सर्वसाधारणलाई जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशत बराबरको सेयर बिक्री खुलाएको हो । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित ९६ लाख कित्ता सेयरमा १३९ रुपैयाँ प्रिमियम मूल्य थपेको छ ।
कम्पनीको आईपीओ खरिद गर्न सर्वसाधारणले प्रतिकित्ता २३९ रुपैयाँ लगानी गर्नुपर्छ । वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुलाई कम्पनीले आईपीओ बाँडफाँड गरिसकेको छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ८ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको हो ।
सामूहिक लगानी कोषलाई ५ प्रतिशत र कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ७६लाख ८० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । एसबीआई क्यापिटल सेयरको बिक्री प्रबन्धकमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij