
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा सोमबार बाघले आक्रमण गरी एक महिलालाई घाइते बनाएको छ । बाघको आक्रमण परी घाइते हुनेमा विनयी त्रिवेणी १ सिसेनी निवासी ४० वर्षीया पिथिमा दर्लामी मगर रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
स्थानीय भेडावनमा तीन जनाको साथमा घाँस काट्न जाँदा बाघले दर्लामीलाई हात तथा खुट्टामा आक्रमण गरेको थियो । घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल तर्फ लगिएको उनकै छोरी भीमकला दर्लामीले बताइन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij