
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । छातीरोग विशेषज्ञ डा. गौरीशंकर लालदासलाई ‘हेमन्तबहादुर मल्ल पुरस्कार–२०७५’ बाट सम्मानित गरिने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सौजन्यमा नेपाल जनप्रशासन संघले यसवर्ष उक्त पुरस्कार लालदासलाई प्रदान गर्ने निर्णय गरेको हो । १९२८ मा सिराहामा जन्मिएका गौरीशंकर लालदास वरिष्ठ छातीरोग विशेषज्ञ हुन् । अहिले उनको उमेर ९६ वर्ष पुगेको छ ।
पूर्वमन्त्री माधव पौडेलको नेतृत्वमा संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र पूर्वसचिव जीवनप्रभा लामा सदस्य उच्चस्तरीय छनौट समितिले गरेको सिफारिस बमोजिम सो सम्मान दिने निर्णय गरिएको संघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij