
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
एक्कासी आफूलाई देउता चढेको भन्दै नवीनले कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको थियो ।सो खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij