
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको जीवनमा आधारित पुस्तक प्रकाशित हुने भएको छ । सोमबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै पुनले जीवनी प्रकाशनका लागि छापाखानहरूलाई किताब छाप्ने कोटेसन पठाउन अनुरोध गरेका छन् ।
उनका अनुसार किताबबाट हुने सम्पूर्ण आम्दानी वीरगञ्जका कृषि औजार कारखाना मर्मत गर्न, ५०० केभिएको ट्रान्सफर्मर जडान गर्न र आविष्कार केन्द्रका अन्य दीर्घकालिन प्रोजेक्टहरुमा खर्च गरिनेछ ।
साथै पुस्तक बिक्री गर्न चाहनेहरूले पनि आफूले बेच्न चाहेको किताबको सङ्ख्या र आफूले खोजेकाे कमिसन सहित [email protected] मा ईमेल पठाउन उनले अनुरोध गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij