
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
प्रहरीले सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङलाई गत शुक्रबार पक्राउ गरेको हो । उनीहरूले कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित खड्काको घरमा गत असार ३० गते पेस्तोल चोरी गरेको आरोप छ । त्यसदिन अन्य घरमा पनि चोरी भएको एसपी ढुंगेलले बताए । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij