
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठ पक्राउ गरेको हो । उनी नापी विभागका कर्मचारीसमेत थिए । ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई आज पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।
यसअघि साउन ५ गते प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजालाई पुनः पक्राउ गरेको छ । सीआईबीले गत असार १२ गते देउजालाई पक्राउ गरेर छाडेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएकासहित ४ सय ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति लिइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij