Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

एक कम्पनीको संस्थापक सेयर बिक्रीमा

एक कम्पनीको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौँ  । प्राइम कमर्सियल बैंकको साढे १३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । प्राइम बैंकको संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । 

    images
    images
    images

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । यसर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

    बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन । 

    खरिद आवेदन काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा दिनुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १७ गतेसम्म तोकिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij