
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । बजारमा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेसँगै बजारमा मासुको मूल्य बढेको हो ।
अघिल्लो महिनासम्म ४ सय रूपैयाँमा उपलब्ध ब्रोइलर कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको काठमाडौास्थित बल्खुका एक उपभोक्ताले बताएका छन् ।
‘अघिल्लो महिना प्रतिकिलो ३ सय ९० रुपैयाँमा ब्रोइलरको मासु किनेको थिएँ ।’ नरेश भट्टले भने, ‘बजारमा अहिले त कुखुराको तयारी मासुको मूल्य बढेर ४ सय ७० रुपैयाँसम्म पुगेको रहेछ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij