
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् ।
गत जेठ १७ गते न्यायाधीश सुष्मालता माथेमासँग बेञ्चमा बसेका कार्कीको त्यसपछि इजलास गठन गरिएको थिएन । उजुरी आव्हान गरेलगत्तै इजलास छाडेका कार्कीको नाम शुक्रबार मात्रै संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका रुपमा अनुमोदन गरेको थियो । शुक्रबार नै कार्कीले राष्ट्रपतिबाट सपथ लिई पदभार ग्रहण गरेका थिए ।
प्रधानन्यायाधीशको सपथ लिएका कार्कीले आइतबार इजलास गठन हुँदा इजलासमा आफूसमेत उपस्थित भएर गोला तानेका थिए । गोलामा कार्कीको नाम न्यायाधीश ईश्वरप्रसाद खतिवडासँग परेको छ । त्यसैगरी कार्कीको एकल इजलास पनि गठन भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij