
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले असार १ मा न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । उनका अनुसार शपथ केही बेरमा हुनेछ ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए लगत्तै उनी प्रधानन्यायाधीश नियुक्त भएका हुन्। संसदीय सुनुवाइ समितिको शुक्रबार बिहान बसेको बैठकले उनको नाम अनुमोदन गरेको थियो ।
उनी आठ महीनाअघि कायमुकायम प्रधानन्यायाधीश भएका थिए । २०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीश बनेका कार्की आउँदो साउनमा अवकास पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij