Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बिक्रीमा

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ बिक्रीमा

  • काठमाडौं । स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई अप्पर लोहोरे खोला हाइड्रोपावरले असार ७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ।

    images
    images
    images

    सो हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ५ लाख ९ हजार ८०४ कित्ता बिक्री गर्दैछ। यसमध्ये ५० प्रतिशत आयोजनाबाट अति प्रभावित दैलेख जिल्लाको नौमुले गाउँपालिका-३ का स्थानियलाई मात्रै सुरक्षित गरेको हो।

    त्यस्तै नौमुले गाउँपालिका-३ बाहेक सम्पूर्ण दैलेख जिल्लाका बासिन्दाले अर्को ५० प्रतिशत सेयरमा आवेदन दिन मिल्छ। यसका लागि असार २१ गतेसम्म आवेदन पेश गरिसक्नुपर्छ। कम्पनीले सबै आइपीओ नबिके स्थानीयलाई साउन ५ गतेसम्म समय थप्ने जनाएको छ।

    वैदेशिक श्रमिकहरुले भने एक लाख ९८ हजार ८२४ कित्तामा आवेदन दिन पाउनेछन्। न्युनतम १० देखि २५ हजार कित्तासम्म दुवै पक्षले  आवेदन दिन पाउँछन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij