Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

भक्तपुरमा जारी पुरुष राष्ट्रिय भलिबलको सेमीफाइनल समीकरण पूरा

भक्तपुरमा जारी पुरुष राष्ट्रिय भलिबलको सेमीफाइनल समीकरण पूरा

  • काठमाडौँ । भक्तपुरमा जारी खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचोकमा भइरहेको प्रतियोगितामा न्युटन एकेडेमी, सिर्जनशील समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघ अन्तिम चारमा पुगेका हुन् ।

    images
    images
    images

    आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार  शनिबार शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता छ । आइतबार सम्पन्न क्वाटरफाइनलमा आयोजक सिर्जनशील समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको छ ।

    images

    यस्तै यस्तै न्युटन एकेडेमीले कागेश्वरी मनोहरालाई २५–१६ र २५–१८, गणतान्त्रिक खेलकुद महासंघले भक्तपुर जिल्ला खेलकुद विकास समितिलाई २५–१० र २५–२१ तथा लिखु–८ ले लिखु सेवा समाजलाई २५–२३ र २६–२४ ले पराजित गरेका हुन् । सोमबार हुने फाइनलको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आचार्यले बताए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij