
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विकास भगतमाथि गोली चलाएको हो ।
लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको जानकारी दिए । प्रहरीले भगतबाट १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ ।
ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा भगतलाई पछ्याएको थियो । भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको ब्यूरोका प्रमुख थपलिया ले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij