
Jun 02 2025 | २०८२, जेठ १९ गते
काठमाडौं । धनुषामा प्रहरीको हिरासत कक्षको वाल भत्काएर भागेका फरार व्यक्ति पक्राउ परेका छन् । शनिबार बिहान साढे १० बजे भारतबाट सितामढी आउँदै गरेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनीसहित ६ जना गत माघ १६ गते बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काएर भागेका थिए ।
उनीहरूमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सार्वजनिक शान्तिविरूद्धको अपराध मुद्दाका आरोपित यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij