
Jun 02 2025 | २०८२, जेठ १९ गते
काठमाडौं । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिक रूपमा रुद्री लगाएर भगवान् इन्द्रको पूजा गरी स्थानीयवासीले पानी मागेका छन् ।
करिब तीन सयभन्दा बढी स्थानीयको सहभागितामा पञ्चेबाजासहित नदी किनारमा पुगेर पानी छ्यापाछ्याप गरी भगवान् इन्द्रसँग पानी माग्न पूजा गरिएको थियो । भगवान् इन्द्रको पूजा गरी पानी मागेमा पानी पर्ने जनविश्वास छ ।
मन्दिरमा पूजाआजा गरी नजिकै रहेको कालीगण्डकी नदी परेवाघाट किनारमा पुगेर स्थानीयले पानी मागेको अकला कालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए । विगतदेखि नै पानी नपर्दा रुद्री लगाउने, इन्द्रको पूजा गर्दै आएको र पूजा गरेपछि पानी पर्ने गरेको स्थानीय ८४ वर्षीय लोकनाथ खनालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij