काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा बिहान साढे ११ बजे बैठक बस्ने भएको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम लगायत अन्य महत्वपूर्ण विषय र एजेन्डाहरुमा छलफल हुने बताइएको छ ।