
Jun 02 2025 | २०८२, जेठ १९ गते
काठमाडौं । देशको विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारमा अस्थाई प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेका ग.१ ख ८६१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मोरङ कानेपोखरी गाउँपालिका-४ बयरबन बस्ने २४ वर्षीय सम्राट चौधरीले बोरामा अवैध लागूऔषध गाँजा १३ किलो ५ सय ग्राम लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ मिलिग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १ जना १८ वर्षीया किशोरी रहेका छन् ।
उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij