
Jun 03 2025 | २०८२, जेठ २० गते
काठमाडौँ । सीमानाका कृष्णनगरस्थित यात्रुगेटबाट ४ लाख १७ हजार भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका ३, दाङ बस्ने २२ वर्षीय राजकुमार पुनमगर रहेका छन् ।
भारतको बढनीबाट मंगलबार राति ९ बजेतिर नेपालतिर आउँदै गरेका पुनमगरले बोकेको हरियो रंगको झोला जाँच गर्दा उक्त रकम बरामद गरिएको हो ।
उनको साथबाट भारतीय पाँच सय दर ७९४ थान नोट र भारतीय दुई सय दरका एक सय थान स्रोत नखुलेको रकम बरामद गरिएको हो । ईलाका प्रहरी कार्यालय कृष्णनगरले मगरलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij