
Jun 03 2025 | २०८२, जेठ २० गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकारणमा अदालतमा मुद्दा चलाइएका अभियुक्तहरुको तर्फबाट आजबाट बहस सुरु हुने भएको छ ।हिजो सरकारी वकिल र जाहेरीकर्ताको तर्फबाट बहस सकिएपछि आजबाट अभियुक्तको तर्फबाट बहस हुने भएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी थुनछेक बहसअन्तर्गत अभियुक्तका तर्फबाट बहस गर्ने वकिलहरुलाई ६ दिनको समय उपलब्ध गराइनेछ ।
बयान लिँदाको क्रमका आधारमा आज सुरुमा केशव दुलालका कानुन व्यवसायीले बहस गर्ने न्यायाधीश न्यौपानेले जनाएका छन् । त्यसपछि सानु भण्डारीका कानुन व्यवसायीले बहस गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij