Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

श्रम क्षेत्रको चुनौति चिर्न सरदसिंहको गर्जन

श्रम क्षेत्रको चुनौति चिर्न सरदसिंहको गर्जन

  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाट उनले श्रमबजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारलाइ व्यवस्थित  तुल्याउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गरे ।

    images
    images
    images

    मन्त्री भण्डारीले भने, श्रम क्षेत्रको सुधारका लागि गरेको प्रतिबद्धताप्रति मन्त्रालय सजक छ, उठेका विषय सम्बोधन गर्न र लक्षित नतिजा हासिल गर्न हामी प्रयत्नशील छौ । सेवा शुल्क बारे उठेका प्रश्न  कार्यदलमार्फत सम्बोधन गरिनेछ । 

    स्थानीय तहसँगको सहकार्यमा श्रम क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गरिने बताउदै उनले तोकिएको मापदण्ड पालना नगर्ने रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गरे । नेपालसँग दौत्य सम्बन्ध स्थापना भएको मुलुकमा वैदेशिक रोजगारका लागि श्रमिक पठाउने विषयमा अध्धयन र सहकार्य गर्न तत् तत् देशमा रहेको दतावास र निगमलाई पहल र प्रयत्न गर्न सझाव दिइएको पनि सो अवसरमा जानकारी दिइयो । 

    मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगार र श्रम क्षेत्रलाई व्यवस्थित एवं पारदर्शी गर्न नवीनतम प्रविधिको प्रयोगमा जोड दिने बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij