
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भुसालको आइतबार निधन भएको छ ।
आज बिहान ७ बजे ९७ वर्षीय जगन्नाथको निधन भएको हो । पारिवारिक स्रोतले उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका-९ स्थित निवासमै निधन भएको जानकारी दिएको छ । स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij