
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । आइतबार उनका पिता जगन्नाथ भुसालको निधन भएको छ ।
९७ वर्षीय जगन्नाथको आज बिहान ७ बजे निधन भएको हो । उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका-९ स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij