
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौँ । तारकेश्वरको जरंखुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
तारकेश्वर रुटमा चल्ने बसले बुधबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा जोगन्द्र प्रसाद गुप्ताको निधन भएको हो । ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको बताए ।
बसमा सवार चार जना सामान्य घाइते भएको उनले जनाएको छ । दुर्घटना हुँदा बस खोलामा पुगेको थियो । क्रेनको मद्धतले बसलाई निकालिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij