
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई रकम ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी उनले पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ ।
उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij