काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको अभियानले नेपाल बन्दको निर्णय फिर्ता गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियानको पूर्व घोषणा कार्यक्रम अन्तर्गत चैत्र २४ गते तय गरेको नेपाल बन्द फिर्ता गरेको प्रसाईंले जानकारी दिएका हुन् ।
एक विज्ञप्ती जारी गर्दै प्रसाईंले हाल चलिरहेको एसईई परीक्षाका कारण आन्दोलन फिर्ता लिएको जानकारी दिएका छन् । पछिल्लो केही समयदेखि बैंकको चर्को ब्याज र लघुवित्त वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध प्रसाईं सक्रिय रुपमा लागी परेका छन् ।
बैंकहरुले अस्वभाविक रुपमा बढाएको ब्याजदर घटाउनुपर्ने र २० लाखभन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने मागसहित उनले देशव्यापी आन्दोलनको नेतृत्व गरिरहेका छन् ।