Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अनलाइन ठगीमा संलग्न १९ जना पक्राउ

अनलाइन ठगीमा संलग्न १९ जना पक्राउ

  • काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन ठगीमा संलग्न १९ जनाको समूहलाई प्रहरीले सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेका १९ जनामध्ये नौ जना चिनियाँ र १० जना नेपाली हुन् । तीमध्ये चार जना नेपाली युवती रहेको बताइएको छ ।

    images
    images
    images

    ठगीमा प्रयोग भएको उपकरणसहित उनीहरुलाई बूढानीलकण्ठ नगरपालिकाको महादेवखोला र काठमाडौं महानगरको चण्डोलबाट हिजो पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट १२ थान ल्यापटप, सिमसहित ७७ थान मोबाइल, अन्य सीम कार्ड ७४ थान, छ थान राहदानी, चार लाख एक हजार नेपाली रुपैयाँ, कम्प्युटर दुइ थान र राउटर चार थान बरामद गरेको छ ।

    अनलाइन व्यवसायमा नाफा हुने प्रलोभनमा उनीहरुले धेरै जनालाई ठगेको बताइएको छ । टेलिग्राममा उनीहरुले अपरेसन टिचर नामको च्यानल सञ्चालन गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij