
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ ।
योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाला सुन एक लाख ९ हजार रुपैयाँमा र तेजाबी सुन एक लाख ८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३ सय पचपन्न रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी एक हजार ३ सय साठ्ठी रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij